एनआईसी एसिया बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 04:16:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले  लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९४७  प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब ५६ करोड ४० लाख रहेको छ । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved