'नकारात्मक कुरा सकिएकोले अब बजारले नयाँ रेकर्ड बनाउछ', 'विस्तारै बढे भि आकारको रिकभरी सम्भव'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 04:57:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से ८७.६३ अंकले बढेर २६७२.२५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् भने डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

शेयर विश्लेषकहरु अब भने बजारले फेरी नयाँ उचाई लिने बताउछन् । नेपाल इन्भेष्टर फोरममा निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बजारमा आएका सबै नकारात्मक कुरा सकिएकोले अब बजारले फेरी नयाँ उचाई लिने बताउछन् । लाभांश खाने सिजन सुरु भएको र यो शेयर बजारको बालीनाली भित्र्याउने बेला भएकोले अब बजार बढ्दो ट्रेण्डमा जाने उनको भनाई छ ।

त्यस्तै राष्ट्र बैंकले ब्याजदरमा केहि कन्ट्रोल गरिदिएको, मौद्रिक नीतिको समिक्षा आउने तयारीमा रहेको, शेयर धितो कर्जाको ४/१२ को सीमा परिमार्जन हुने सम्भावना देखिएको, सरकारलाई पनि ब्याजदर बढ्न नदिन दबाब रहेको, लगायतको कारण बजार अब बिस्तारै सकारात्मक हुने उनी बताउछन् । बजारमा लागेर छोडेकाहरु पनि फेरी बजार प्रवेश गरेको तथा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले समेत शेयर खरिद गर्न थालेकोले अब बजारले फेरी नयाँ रेकर्ड बनाउने उनको अनुमान छ । त्यस्तै बिस्तारै भोल्युम बढ्दै गएर बजारमा २० अर्ब बढीको कारोबार देख्न सकिने उनको विश्वास छ ।

त्यस्तै अर्का एक शेयर विश्लेषक पनि अब बजारबाट नकारात्मक संचार सकिएको तथा सेलाएकोले अब बजार फेरी बढ्नुको विकल्प नभएको बताउछन् । अल टाइम हाइ पुगेको बजार निक्कै घटिसकेकोले अब बजार बढेर नयाँ उचाईमा पुग्ने उनको अनुमान छ । ब्रोकरहरुले र चतुर लगानीकर्ताहरुले शेयर खरिद गर्न लागिसकेकोले अब क्रमश बजार र भोल्युम पनि बढ्ने उनी बताउछन् । बजार भि (V) आकारमा रिकभर हुन सक्ने उनको अनुमान छ । यद्यपि आजको जस्तो वृद्धि नभई जसरी बजार बिस्तारै विस्तारै घटेको थियो , सोहि रफ्तारमा विस्तारै विस्तारै बढेमा , त्यस्तो वृद्धि बढी दिगो हुने उनको बुझाई छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved