लुम्बिनी विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 10:16:25 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ  । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved