नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६०७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७१९ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो। कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा लिन र तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
बैंकले कात्तिक २३ गतेका लागि साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरि कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।