चालु आर्थिक वर्ष ७७/७८ को पहिलो त्रैमासमा एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha को खुद नाफा १५०.५१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ४९ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा बढेर १६ करोड २६ लाख पुगेको छ ।
कम्पनी र स्वदेशी लघुवित्त मर्ज भएपछि पहिलो पटक प्रथम त्रैमासको प्रतिवेदन आएकोले कम्पनीको खुद नाफा ह्वात्तै बढेको देखिएको हो ।
यस अवधिमा कम्पनीको कर्जा प्रवाह १८६ प्रतिशतले बढेर २२ अर्ब ३ करोड पुगेको छ भने कर्जा सापटी १०१ प्रतिशतले बढेर २० अर्ब ६१ करोड पुगेको छ । कम्पनीको निक्षेप भने २२६ प्रतिशतले बढेर ३ अर्ब १९ करोड कायम भएको छ । कम्पनीको खुद ब्याज आम्दानी १२७ प्रतिशतले बढेर ७० करोड ७० लाख पुगेको पुगेको छ ।
कम्पनीको चुक्ता पुंजी १७.५३ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३७.४१ रुपैयाँ, खर्ब कर्जा १.५५ प्रतिशत, र प्रति शेयर नेटवर्थ १५७.४१ रुपैयाँ रहेको छ ।