साधना लघुवित्तको खुद नाफा ८८ प्रतिशतले बढ्यो, ईपीएस ५१.२२ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 09:01:55 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा साधना लघुवित्तको खुद नाफा ८८.३० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७४ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३ करोड २९ लाख पुगेको छ । 

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख पुगेको छ । कम्पनीको नाचालन मुनाफा ५८९.२७ प्रतिशतले बढेर ४ करोड ९३ लाख पुगेको छ

  यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६९.९५ प्रतिशतले बढेर ३ अर्ब ८५ करोड पुगेको छ भने  सापटी ४८.५८ प्रतिशतले बढेर २ अर्ब ८८ करोड पुगेको छ। यस अवधिमा कम्पनीको निक्षेप ७१.३३ प्रतिशतले बढेर ९३ करोड ६३ लाख पुगेको छ । 

चुक्ता पुंजी २५ करोड ६९ लाख रहेको लघुवित्तको रिजर्भमा १६ करोड २१ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ५१ रुपैयाँ २२ पैसा, खराब कर्जा १.६० प्रतिशत, र प्रति शेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved