१९३ प्रतिशतले बढ्यो मिर्मिरे लघुवित्तको खुद नाफा, इपिएस ५८.६२ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2021 | 09:11:15 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को खुद नाफा १९३.३२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६ करोड ३७ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशतले बढेर १३ करोड ३३ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा पनि १९३.३२ प्रतिशतले बढेर १० करोड १२ लाख पुगेको छ  । कम्पनीको सापटी २ अर्ब ८३ करोडबाट बढेर ५ अर्ब ४६ करोड पुगेको छ  । त्यस्तै कर्जा प्रवाह ७४.५० प्रतिशतले बढेर ८ अर्ब ११ करोड पुगेको छ। 

४३ करोड ५० लाख चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा ४१ करोड १७ लाख रहेको छ  । कम्पनीको प्रति शेयर आम्दानी ५८.६२ रुपैयाँ र प्रति शेयर नेटवर्थ १९४.६५ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved