नेप्सेको सीईओ नियुक्तिको लागि दरखास्त आह्वान, यस्ता छन् तोकिएका शर्त र आवश्यक योग्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2021 | 07:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी सूचना निकालेको हो ।

समितिले नेप्सेमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले योग्यता भएका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिन (२०७८/०७/२७ गते) भित्र ( १५औं दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट) कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य सिलबन्दी आवेदन दिन आग्रह गरेको हो। 

के चाहिन्छ योग्यता ?

योग्यता तथा अनुभव :

क) धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ मा तोकिए बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन, विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधि वा सो सरहको उपाधि हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अन्भव हासिल गरेको।

ख) अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम तीस वर्ष पूरा भई साठी वर्ष उमेर ननाघेको।

ग) धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य नरहेको।

दरखास्तसाथ अर्थ मन्त्रालयको website: www.mof.gov.np मा प्रकाशित प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यावधि, २०७४ को दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ अनुसारका स्वयं घोषणाको व्यहारा निवेदक स्वयंले प्रमाणित गरी पेस गर्नुपर्नेछ। ख) दरखास्त पेस गर्दा शक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गर्नुपर्नेछ। खामबन्दी प्रस्तावको खामबाहिर “नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" उल्लेख गरेको हुनुपर्ने समितिले जनाएको छ।

छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण समेत गर्नु पर्नेछ।  दरखास्त दस्तुर बापत अर्थ मन्त्रालयका कार्यालय कोड नं.३०५००३५५०१, राजस्व खाता. ००१००१०६२००००० तथा राजस्व शीर्षक. १४२२४ मा जम्मा हुने गरी एभरेस्ट बैंक, सिहदरबार शाखामा रु.३,०००।- (अक्षरेपी
तीन हजार मात्र) बुझाएको सक्कलै भौचर पेस गर्नु पर्नेछ।

 पारिश्रमिक 
प्रमुख कार्यकारी अधिकृतलाई करारमा उल्लेख भए बमोजिमका सर्तहरूका आधारमा मासिक पारिश्रमिक तथा अन्य सेवा स्विधा उपलब्ध हुनेछ।

अन्य बिवरण:

प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०७४ बमोजिमको काम, कर्तव्य तथा अधिकार र व्यावसायिक कार्ययोजनामा समावेश गर्नुपर्ने विषयका सम्बन्धमा अर्थ मन्त्रालयको website: www.mof.gov.np बाट जानकारी लिन सकिने समितिले जनाएको छ। यो सूचना बमोजिम प्राप्त भएका दरखास्त छनोट तथा सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्ने समितिले उल्लेख गरेको छ।  झुट्टा विवरण वा कागजात पेस गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारबाही हुने समितिले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved