८९.५० प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको नाफा, प्रति शेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 08:46:30 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा सिद्धार्थ बैंक Siddhartha Bank Limited  को खुद नाफा ८९.५० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५० करोड ६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा बढेर ९४ करोड ८७ लाख कमाएको हो । 

 बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेर १ अर्ब ७५ करोड पुगेको छ। बैंकको संचालन मुनाफा ८७.२७ प्रतिशतले बढेको छ भने नेट फि त्तहा कमिशन वापतको आम्दानी ६५.८१ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य मुनाफा भने २९ करोड ७८ लाख रहेको छ । 

यस अवधिमा बैंकको निक्षेप १.४४ प्रतिशतले बढेर १ खर्ब ८३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९.२३ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब पुगेको छ । १० अर्ब ९६ अर्ब चुक्ता पुंजी भएको बैंकको रिजर्भमा ९ अर्ब ६६ करोड रहेको छ । 

बैंकको खराब कर्जा १.३२ प्रतिशतबाट घटेर ०.५४ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा, र प्रति शेयर नेट वर्थ १८८.१३ रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved