कुमारी बैंकको नाफा घट्यो , वितरणयोग्य मुनाफा १ अर्ब बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 09:11:14 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा कुमारी बैंक Kumari Bank Limited  को खुद नाफा १०.११ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६० करोड २५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ५४ करोड ११ लाख कायम भएको हो । 

बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशतले घटेर १ अर्ब २८ करोड कायम भएको छ । बैंकको संचालन मुनाफा पनि १०.५८ प्रतिशतले घटेको छ । बैंकको नेट फि तथा कमिशनको आम्दानी भने ६७.०५ प्रतिशतले बढेको छ । बैंकको कर्जा प्रवाह ६.४१ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने निक्षेप ६.४१ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ । 

१३ अर्ब ८७ करोड चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा ५ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशत रहेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६० पैसा, र प्रति शेयर नेट वर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved