आँखुखोला हाइड्रोको लकिङ पिरियड सकियो, आजबाट ६० लाख कित्ता कारोबार योग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 09:17:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला जलविद्युत कम्पनी Ankhu Khola Jalvidhyut Company  को स्थानीय र संस्थापक शेयरको लकिङ पिरियड सकिएको छ। आयोजना प्रभावित धादिङका स्थानीय र संस्थापकलाई शेयर बाँडफांड गरेको ३ वर्ष पुगेकोले लकिङ पिरियड सकिएको हो 

कम्पनीको ६० लाख कित्ता संस्थापक शेयर बाँडफाँडको भएको कार्तिक ११ गते ३ वर्ष पुग्ने भएकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भएको छ। आज कार्तिक १४ गतेबाट यी शेयर नेप्सेमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ। 

आयोजना प्रभावित स्थानीयलाई बाँडफाँड गरिएको शेयर गत असोज ५ गतेबाट नै कारोबार योग्य भईसकेका छन्  । स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयर बाँडफांड गरिएकोमा असोज ४ गते ३ वर्ष पुरा भई असोज ५ गतेबाट ति शेयरको कारोबार खुला भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved