कुन मूल्यमा भयो साहस उर्जा र तेह्रथुम पावर लिमिटेडको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 10:52:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजबाट साहस उर्जा लिमिटेड र तेह्रथुम पावर लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । शुर्कबर शेयर सुचिकृत भएपछि दुवै कम्पनीको आजबाट शेयर कारोबार सुरु भएको हो  ।

आज भएको प्रि ओपन सेसनमा दुवै कम्पनीको पहिलो कारोबार भएको हो । जस अनुसार तेह्रथुम पावरको पहिलो कारोबार २५४.२ रुपैयाँमा भएको छ भने साहस उर्जाको पहिलो कारोबार ४०५.३ रुपियाँमा भएको छ । 

शुक्रबार साहस उर्जाको ३ करोड ५० लाख कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीको कारोबार SAHAS सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३५.११ रुपैयाँ देखि ४०५.३३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो ।  रेन्ज भित्रको जुन सुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहकोमा उच्च मूल्यबाट नै कारोबार सुरु भएको हो ।

त्यस्तै तेह्रथुम पावरको ४० लाख कित्ता शेयर सुचिकृत भएको हो । कम्पनीको कारोबार TPC सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ८४.७४ रुपैयाँ देखि २५४.२२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्ज भित्रको जुन सुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्च मूल्यबाट नै कारोबार सुरु भएको हो ।  नेप्सेले कम्पनीहरुको पहिलो कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । ७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।  

साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्। कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो ।  रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्। कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो  भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका थिए ।  

कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।

 सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो ।

तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि  सर्वसाधारणलाई शेयर खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको थियो भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको थियो। बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

 कम्पनीको आईपिओमा ३९.३४ गुणा बढीको आवेदन परेको थियो  । आईपिओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको र २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य भएको थियो ।

 योग्य रहेका २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफांड गरिएको थियो । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ता शेयर पाएका थिए । यस हिसाबमा आवेदन दिएका मध्ये २२ लाख ८१ हजार ४७ जना आवेदक हात खाली भएका थिए ।

 कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण सम्पन्न गरेको छ भने तेह्रथुम मै २ मेगावाटको अर्को आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved