५५ अंकले बढ्यो नेप्से सूचक, ७ अर्ब ८२ करोडको कारोबार, विकास बैंक र ट्रेडिङ समुहको वृद्धि उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 03:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से १.९९ प्रतिशतले बढेको छ । आज नेप्से सूचक ५५.५० अंकले बढेर २८३७.६१ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय ३२ कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको छ । जस मध्ये आँखुखोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ३१ करोड ५७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै आज नबिल बैंकको २८ करोड ३ लाख, एभरेष्ट बैंकको २७ करोड ७९ लाख, सिद्धार्थ बैंकको २४ करोड ३५ लाख कारोबार भएको छ । 

आज कारोबारमा आएका बैंकिंग समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । बैंकिंग समुह भने २.९६ अंकले घटेको छ । आज विकास बैंक समुह सबैभन्दा धेरै ६.५४ प्रतिशत बढेको छ भने ट्रेडिङ समुह ५.९६ प्रतिशत र होटेल अमुह ५.२९ प्रतिशतले बढेको छ । 

आज ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । आज एभरेष्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै ६.५० प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved