
हिमालयन बैंक Himalayan Bank Limited ले ३ महिनामा ४५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको ३ महिनामा बैंकले गत वर्षको सोही अवधिको तुलनामा ८ करोड ६९ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।
बैंकले गत वर्षको सोही अवधिमा ३६ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो ।
नाफा बढाएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्ष १५.६२ रुपैयाँ रहेको बैंकको ईपीएस बढेर १६.९५ रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ९३ करोढ १७ लाख रुपैयाँ रहेको छ ।
बैंकले गत वर्षको ३ महिनामा ९३ करोड ८९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा यस वर्ष सोही अवधिमा १ अर्ब ११ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
यो अवधिमा बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।