
एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले विद्यार्थीहरुलाई निःशुल्क रुपमा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता उपलब्ध गराउने भएको छ । यसका लागि कम्पनीले “एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना” संचालनमा ल्याएको छ ।
उक्त योजना अन्तर्गत एन आई सी एशियामा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्ने विद्यार्थीहरुले माघ मसान्तसम्म छुट प्राप्त गर्नेछन् ।
एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना अन्तर्गतका छुटहरुः
निःशुल्क डिम्याट खाता ।
एक वर्ष सम्म निःशुल्क मेरो शेयर सुविधा ।
पहिलो वर्षको डिम्याट खाता नविकरण शुल्क छुट ।
समग्र शेयर बजारको अवस्थाको विश्लेषण गरिएको एन आई सी एशिया क्यापिटलको न्यूजलेटर ।
उक्त योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाता खोल्नकोलागि एन आई सी एशिया क्यापिटलको वेभसाइटमा गएर विवरण भर्नुपर्नेछ । यस योजना अन्तर्गत डिम्याट खाता खोल्ने विद्यार्थीहरुलाई आवश्यक विवरण भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने कम्पनीले जनाएको छ ।