सिटिजन्स बैंकको लाभाशं पारित, मैनाली र कार्की संचालकमा चयन, यस्तो छ वित्तीय अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 01:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलको पन्ध्रौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी विधुतीय माध्यम र भौतिक रुपमा एकसाथ   वार्षिक साधारण सभा संचालन भएको हो।

उक्त साधारणसभाले आर्थिक बर्ष २०७७-०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको ल्ँच्क् बमोजिम तयार गरिएको वासलात, आर्थिक बर्ष २०७७-०७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृतवित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको हो। 

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभासं मध्ये १२.९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१  बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७  प्रतिशतका दरले हुन आउने  ३८८,२५६,८०७।२४ बराबरको नगद लाभांश (लाभांश कर समेत)० दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बोनस शेयर वितरण पछि बैककोे चुँत्ता पुजी १४ अर्ब २० करोड पुगेको छ।  

मैनाली र कार्की संचालक समितिमा चयन

साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली  र श्री विजय ध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । 

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराएका छन्।

वित्तीय अवस्था   

बैंकले आर्थिकवर्ष २०७८।७९ को पहिलो त्रैमासिक सम्ममा करिव १ खर्ब ४६ अर्ब  निक्षेप संकलन गरि १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ ।  बैंकले सोहि अवधि भित्र ६९ करोड खुद मुनाफा आर्जन गरेको छ । 

बैंकले देशभर रहेका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११२   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved