तिहार अघिको कारोबार हरियो भएर बन्द, साढे ६ अर्बको कारोबार, हाइड्रोका लगानीकर्ताले बढी कमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 03:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार अघिको सेयर कारोबार हरियो भएर बन्द भएको छ। बुधबार १७ गतेको सेयर कारोबारमा बजार परिसूचक नेप्से ५।२२ अंकले बढेर २८४८।८४ को बिन्दुमा पुगेको छ। 

सामान्य अंकले नेप्से इन्डेक्स बढ्दा झन्डै साढे ६ अर्बको सेयर कारोबार भएको छ। बुधबार २२९ वटा कम्पनीका सेयर ६१ हजार ७४५ पटक कारोबार हुँदा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। 

बुधबार क्षेत्रगत रुपमा ५ वटा क्षेत्र घटेका छन् भने अरु उपसूचक बढेका छन्। जसमा सबैभन्दा बढी हाइड्रो क्षेत्र बढेको छ भने नन लाइफ क्षेत्र सबै भन्दा बढी अंकले घटेको छ। 

बुधबारको कारोबारमा सबै भन्दा बढी कमाउनेमा पनि हाइड्रो कम्पनीहरु रहेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved