जनउत्थान सामुदायिक लघुवित्तले बोनस शेयर खातामा पठायो, नआएको भए के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 08:54:35 AM मा प्रकाशित

laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तले दशौ साधारणसभाबाट पारित भएको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा पठाईएको जनाएको छ । कम्पनीले वैशाख ३० गते बुटवलमा साधारणसभाले पारित गरेको  ४९.४० प्रतिशत बोनस शेयर खातामा पठाएको जनाएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बैशाख २२ गतेसम्म कायम शेयरधनीलाई  कार्तिक १७ गतेदेखि बोनस पठाईएको कम्पनीले जनाएको छ ।  

अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई  शेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरि सकिएको कम्पनीले जनाएको हो । साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले यस संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने भएकोले भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । अन्य थप जानकारीका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाण्डौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

कम्पनीको साधारणसभाले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।  त्यस्तै सभाले संस्थाको अधिकृत पुँजी १५ करोड बाट बढाएर ५० करोड पुर्याउने, संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरको बनाउने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको नियामक निकायबाट निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने , मर्जर तथा प्राप्ति समबन्धि सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, विशेष प्रस्ताव पारित गरेको थियो  । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved