शिवम सिमेंट्सका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र सिन्हाले राजिनामा दिएका छन् । उनले व्यक्तिगत तथा पारिवारिक कारण देखाउदै पदबाट राजिनामा दिएका हुन् ।
उनले दिएको राजिनामा कम्पनीको कार्तिक २२ गते सोमबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीका प्रशासन प्रमुख राजेन्द्र कुमार शर्माले जानकारी दिए ।
सिन्हा भारतीय नागरिक हुन् । कम्पनीको संचालक समितिको बैठकले उनलाई २०७७ भदौ ३१ गते लागु हुने गरी सीइओमा नियुक्त गरेको थियो । नेपाल सरकार , श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको थियो ।