मेगा बैंकको लाभांश घोषणा, १ अर्ब ७६ करोड ८८ लाख बराबरको बोनस वितरण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 04:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश प्रस्ताव गरेको छैन ।    हाल बैंकको चुक्ता पुंजी १४  अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved