धितोपत्र बोर्डको अध्यक्षको लागि हालसम्म ३ जनाको आवेदन, बिहिबार आवेदन दिने अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 02:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि हालसम्म ३ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।

जस अनुसार हालसम्म ३ जनाको मात्र आवेदन परेको हो । हालसम्म बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दिएका छन् । डा. अधिकारी बोर्डको संचालक समितिको सचिव समेत हुन् । उनले यस अघि पनि बोर्ड अध्यक्षको लागि आवेदन दिएका थिए । गिरी र अधिकारी बाहेक अनिल पौडेलले पनि बोर्ड अध्यक्षको लागि आवेदन दिएका छन् । 

बोर्डको अध्यक्ष बन्नको लागि आधा दर्जन बढी आकाक्षी रहेपनि  हालसम्म ३ जनाको मात्र आवेदन परेको हो । आवेदन दिनको लागि भोलि बिहिबार अर्थात् कार्तिक २५ गते अन्तिम दिन रहेकोले अधिकांशले भोलि नै आवेदन दिने सम्भावना छ । 

बोर्डको अध्यक्षको आकांक्षीमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड भएका पुर्व क्याडर डा. गोपाल भट्टदेखि नेप्से कै पूर्व सीईओ सिताराम थपलियाको नाम चर्चामा छ ।  नेपाली कांग्रेसको तर्फबाट  धितोपत्र बोर्डका पुर्व सदस्य समेत रहेका राष्ट्र बैंकका पुर्व निर्देशक शिवनाथ पाण्डेको नाम पनि चर्चामा छ । त्यस्तै कुनै पार्टीसँग प्रत्यक्ष सरोकार नराखेपनि नेपाली काँग्रेस निकट मानिने धितो बोर्डमा हाल कार्यकारी अध्यक्षको समेत जिम्मेवारी पाएका बोर्डका  वरिष्ठ कार्यकारी निर्देशक निरज गिरिलाई पनि बोर्डको अध्यक्षको आकांक्षीको रुपमा लिइएको छ। 

त्यस्तै माओवादीको सिफारिसमा बीमा समितिका अध्यक्ष बनिसकेका चिरिन्जीवी चापागाईलाई पनि बोर्डको अध्यक्षको आकांक्षीमा हेरिएको छ भने धितोपत्र बोर्डका बहालवाला अर्का कार्यकारी निर्देशक डाक्टर नबराज अधिकारिले पनि बोर्डको अध्यक्षको लागि लबिंङ गरिरहेको पाइएको छ। भिष्म ढुंगाना अध्यक्ष हुँदा पनि डा. अधिकारीले अध्यक्षको लागि आबेदन दिएका थिए। 

त्यस्तै एमालेबाट अल्गगिएर अलग्गै पार्टी बनेको एकीकृत समाजबादीको तर्फबाट पनि आकांक्षीहरु देखिएका छन्। धितोपत्र बोर्डका पुर्व संचालक तथा नागरिक लगानी कोषका पुर्व सीईओ समेत रहेका कृष्ण प्रसाद आचार्यको नाम पनि धितोपत्र बोर्डको अध्यक्षको आकांक्षीहरुको सुचिमा देखिएको छ।  बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई पनि धितोपत्र बोर्डको अध्यक्षको आकाक्षीको रुपमा हेरिएको छ ।         

 अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि सिफारिस समिति गठन गरिसकेको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल,  अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको हो।

यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि  योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था छ । 

बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ । 

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved