नेप्सेले बिना जानकारी रोक्यो प्रभु बैंकको शेयर कारोबार, के छ कानुनी ब्यबस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 12:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले लगानीकर्तालाई जानकारी नै नदिई कारोबार रोक्का गरेको हो । यो  समाचार तयार पार्दासम्म नेप्सेले कारोबार रोक्का सम्बन्धि जानकारी आफ्नो वेबसाइटमा राखेको छैन । 

आज बिहिबार नेप्सेले कारोबार रोक्का गर्नु अघि बैंकको एउटा मात्र कारोबार भएको छ । बैंकको ३६६.४ रुपैयाँमा १०० कित्ता मात्र कारोबार भएको छ । यो ब्रोकर नम्बर ४१ मार्फत बिक्रि भएको हो भने ब्रोकर नम्बर ५६ मार्फत खरिद भएको हो । 

बैंकले कारोबार समयमा संचालक समितिको बैठक बसेर लाभांश घोषणा गरेकोले कारोबार रोक्का गरिएको हुन सक्ने आँकलन गरिएको छ ।  बैंकले कार्तिक २३ गते मंगलबार दिनको १ बजेदेखि ३ बजेसम्म  संचालक समितिको बैठक बसेर १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जानकारी आज बिहिबार नेप्सेलाई जानकारी गराएको थियो । नेप्सेमा राखिएको विवरण अनुसार बैंकले यो सूचना २३ गते नै अपलोड गरेको देखिन्छ । 


नेप्सेले प्रभु बैंकको संस्थापक शेयरको कारोबार रोक्का भएको सूचना भने टिमएसमा राखेको छ 




के छ कानुनी ब्यबस्था ?

धितोपत्र  सूचिकरण विनियमावली २०७५ ले नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी नेप्सेलाई सूचना उपलब्ध गराउन पर्ने उल्लेख गरेको छ । यदि सोहि जानकारी नेप्सेमा जानकारी नदिएमा नेप्सेले कारोबार स्थगन गर्न सक्ने उल्लेख छ । तर कारोबार समयमा संचालक समितिको बैठक बस्न नहुने विषय भने कहिँ कतै उल्लेख छैन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved