नेप्सेले प्रभु बैंकलाई सोध्यो स्पष्टिकरण, कारोबार समयमा बैठक बसेको भन्दै कारोबार नै रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 01:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले बैंकको कारोबार रोक्का गर्दै बैंकलाई ७ दिने स्पष्टिकरण समेत सोधेको छ 

नेप्सेले किन कारोबार समयमा संचालक समितिको बैठक बसेर लाभांश प्रस्ताव गरेको भन्दै बैंकलाई ७ दिने स्पष्टिकरण सोधेको हो । बैंकले कार्तिक २३ गते मंगलबार दिनको १ बजेदेखि ३ बजेसम्म  संचालक समितिको बैठक बसेर १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जानकारी आज बिहिबार नेप्सेलाई जानकारी गराएको थियो । नेप्सेमा राखिएको विवरण अनुसार बैंकले यो सूचना २३ गते नै अपलोड गरेको देखिन्छ । 

आज बिहिबार नेप्सेले कारोबार रोक्का गर्नु अघि बैंकको एउटा मात्र कारोबार भएको छ । बैंकको ३६६.४ रुपैयाँमा १०० कित्ता मात्र कारोबार भएको छ । यो ब्रोकर नम्बर ४१ मार्फत बिक्रि भएको हो भने ब्रोकर नम्बर ५६ मार्फत खरिद भएको हो । 

नेप्सेले सोधेको स्पष्टिकरणमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत श्री प्रभु बैंक लिमिटेडको च.नं.८५७/०७८/७९, मिति २०७८/०७/२३ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरण सम्बन्धि सम्झौता बुदाँ नं. ५ मा भएको व्यवस्था अनुसार तत्काल वा भोलि पल्ट वा कारोबार समय शुरु हुनु अघि जानकारी गराउनु पर्ने व्यवस्था रहेकोमा त्यस कम्पनीले लाभांशको वितरण गर्ने निर्णय सोही दिन गराएता पनि कारोबार समय खुल्न अघि सोही विनियमावलीको २२ (१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समय दिउँसो १:०० बजे देखि ३:०० बजे सम्ममा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ १)(ख) मा भएको व्यवस्था अनुसार त्यस कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बसि लाभांश घोषणा गरेको हो ? यस सम्बन्धमा यो पत्रका मितिले ७ (सात) दिन भित्रमा स्पष्टिकरण पेश गर्नु हुन मिति २०७८/०७/२५ को निर्णयानुसार अनुरोध गर्दछु ।'


के छ कानुनी ब्यबस्था ?

धितोपत्र  सूचिकरण विनियमावली २०७५ ले नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी नेप्सेलाई सूचना उपलब्ध गराउन पर्ने उल्लेख गरेको छ । यदि सोहि जानकारी नेप्सेमा जानकारी नदिएमा नेप्सेले कारोबार स्थगन गर्न सक्ने उल्लेख छ । 

बैंकले सोहि दिन नै लाभांश समबन्धि सूचना नेप्सेको वेबसाइटमा अपलोड गरेको देखिन्छ  । तर नेप्सेले भने के कति कारणले कारोबार समयमा संचालक समितिको बैठक बसेको बह्नेर स्पष्टिकरण सोधेको छ  । जबकी कारोबार समयमा संचालक समितिको बैठक बस्न नहुने भन्ने बारे कानुनी ब्यबस्था छैन 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved