राधीको शेयरमा इन्साइडर ट्रेडिङको आशंका, नेप्सेले माग्यो विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 03:38:00 PM मा प्रकाशित

laxmi sunrise bank

राधी विद्युत कम्पनीको शेयरमा इन्साइडर ट्रेडिङको आशंकामा नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप विवरण मागेको छ । नेप्सेले कम्पनीसँग यस अघि विवरण माग गरेको भएपनि पूर्ण विवरण नपठाएकोले नेप्सेले ३ दिन भित्र थप विवरण पठाउन निर्देशन दिएको हो । 

नेप्सेले राधी विद्युत कम्पनीमा लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली, र सम्पूर्ण संचालकको विवरण र उनीहरुले गरेको लगानीको विवरण माग गरेको हो । नेप्सेले यी विवरण ३ दिन भित्र पठाउन कम्पनीलाई निर्देशन दिएको छ ।  

३ दिनभित्र विवरण नदिएमा प्रचलित कानुन बमोजिम कारवाही हुने नेप्सेले चेतावनी दिएको छ । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved