नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इन्फिनिटी लघुवित्तको ६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । इन्फीनीटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि नेपाल एग्रोतर्फको ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता शेयर सुचिकृत भएको हो ।
यी २ कम्पनीलाई नेपाल राष्ट्र बैंकले साउन १५ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिएको थियो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम भएको थियो।
राष्ट्र बैंकले यी दुईलाई जेठ ११ गते गाभ्न गाभिनको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो । इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्नको लागि गत माघ २ मा सम्झौता गरेको थियो ।