न्यादी हाइड्रोपावर लिमिटेड शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
सम्झौता अनुसार न्यादी हाइड्रोको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य एनएमबी क्यापिटलले गर्ने छ ।
कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए।
कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले कारोबार गर्न सक्ने छन् ।
कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ ।