माछापुच्छ्रे बैंकको लाभांश पारित, अधिकृत पुंजी १५ अर्ब पुर्याईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2021 | 09:35:22 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  को लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले   आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।   साधारणसभाले पारित गरेसंगै अब  उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  

त्यस्तै बैंकले सभामा माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ। 

बैंकले आर्थिक वर्ष २०७७/७८  को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८  को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/७९  को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।  

त्यस्तै साधारणसभाले संचालक समितिमा रिक्त रहेको संचालक पवमा संचालक समितिले साविक संचालकको बाँकी कार्यकालसम्मको लागि गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ ।

सभाले माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

 बैंकको अधिकृत पूँजी बृद्धि गरी  पन्ध्र अरब  पुयाउने र विशेष प्रस्ताव र जारी गरिने बोनस शेयरको हदसम्म जारी पुंजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved