सिभिल लघुवित्तको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 05:55:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त वित्तीय संस्था Civil Laghubitta Bittiya Sanstha  को लाभांश पारित भएको छ । आज आइतवार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश सहित अन्य प्रस्तावहरु पारित गरेको हो ।

सभामा  प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेले पूर्व मेची देखि महाकालीसम्मका जिल्लाहरुमा कार्यक्रम विस्तार भएको, दोहोरो अंकमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिएका छन् । साथै, संस्थाले गरेको उत्साहजनक प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले आफ्ना ग्राहकलाई गुणस्तरिय सेवा उपलब्ध गराउने, कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गराउने र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिई लगानीकर्तालाई यसै प्रकारको प्रतिफल दिन सकोस् भनी संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

 राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरु मार्फत ५८ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ७५ करोड बचत संकलन गरी रु. ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेकोे छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved