आज कार्तिक २९ गते सोमबार २ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुई लघुवित्तले साधारणसभा प्रयोजनको लागि कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha ले मङ्सिर १० गते आफ्नो दशौँ बार्षिक साधारणसभा डाकेको छ। लघुवित्तको बार्षिक साधारणसभाका मूल एजेन्डामा गत आर्थिक बर्षको लाभांश स्वीकृत गर्ने रहेको छ। लघुवित्तको यहि असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २० प्रतिशत बोनस सेयर र ७।३६८४२१ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश दिने प्रस्ताव गरेको थियो। लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो। सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
बार्षिक साधारणसभाका लागि लघुवित्तले कात्तिक ३० गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक २९ गते सोमबारसम्म कायम सेयरधनिहरुले मात्रै लघुवित्तको बार्षिक साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
त्यस्तै आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले मङ्सिर १० गते शुक्रबार बुटवलमा साधारणसभा गर्ने निर्णय गरेको छ ।सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ ९ सय ७६ हजार बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४ सय २० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ७३ करोड १९ लाख ५९ हजार रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै कार्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।