सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज २ कम्पनीको गरि कुल ३७ लाख १७ हजार ९ सय ६९ दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
अपि पावर कम्पनी Api Power Company र एनएलजी इन्स्योरेन्स NLG Insurance Company को बोनस शेयर सुचिकृत भएको हो । अपि पावरको १०.५० प्रतिशतले हुन आउने २६ लाख २१ हजार ५ सय ९४ कित्ता र एनएलजी इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता शेयर सुचुक्रित भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याटमा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।