बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो ।
सभामा लाबहंश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।