धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वमा रमेशद्वयको चर्चा, नियुक्ति प्रक्रियामा एनसेल पनि जोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 09:06:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नेतृत्त्वको नियुक्तिलाई लिएर बजारमा नयाँ चर्चा सुरु भएको छ। नेतृत्त्वको लागि आवेदन दिएका मध्ये प्रधानमन्त्री शेरबहादुर देउवा निकटकाहरुलेनै नियुक्ति पाउने र यसको लागि दुरसंचार सेवा प्रदायक एनसेलले ठुलो लगानी गरिरहेको बजार चर्चा छ। 

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १२ जना मध्ये सुदुरपश्चिम नै घर भएका र प्रधानमन्त्री निकट भएका रमेश हमालले नियुक्ति पाउने बताईएको छ। गैरआवासीय नेपाली अर्थात एनआरएन को 'स्ट्याटस' भएका हमाल बोर्ड अध्यक्ष बन्ने र उनको लागि एनसेलले लगानी गर्ने प्रतिबद्दता जनाएको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार हमाल अहिलेपनि विदेश नै रहेको र उनलाई नेपालको धितोपत्र बजारको सम्पूर्ण व्यवस्थापन मिलाउने गरि बोर्ड अध्यक्षमा नियुक्ति दिन लागिएको हो। हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव भएकाले उनी नेतृत्त्वमा आउँदा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको  लाइसेन्स खुलाउन सहज हुने बुझाई रहेको छ। 

स्रोतले भन्यो 'हिमालयन रि इन्स्योरेन्सकै शैलीमा पैसा उठाएर सरकारलाई बुझाउने गरि उनलाई नेतृत्त्वमा ल्याउन खोजिएको हो। हमालमाथि लगानी गरेर उनलाई बोर्ड अध्यक्ष बनाउदा भोलिका दिनमा प्रिमियममा सेयर बिक्रि गर्न पाउँदा राम्रो पैसा उठ्ने स्वार्थका कारण एनसेलले लगानी गर्न तयार भएको  छ।'

धितोपत्र बोर्डको अध्यक्षको लागि रमेश हमाल सहित अरु ११ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एउटा मिडियाका मालिक तथा लेखक डा. केशव प्रसाद श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निकट तथा जापानबाट पीएचडी गरेका र तीन बर्ष धितोपत्र बोर्डमा अस्थायी जागिर गरेका जीवन अमगाई, अनिल पौडेल, कृष्ण आचार्य, प्रभु बैंकका पूर्व संचालक तथा म्यानपावर व्यवसायी अम्बिका शर्मा र शेयर बजारका आधारभूत विश्लेषकको रुपमा परिचित हेमन्त बस्यालले आवेदन दिएका छन्। 

यो पनि:
- नेप्सेको सीईओ बन्न नेप्से भित्र कै २ सहित ११ जनाको आवेदन
- धितोपत्र बोर्डको अध्यक्षमा १२ जनाको आवेदन, नेप्सेका पूर्व सीइओदेखि राष्ट्र बैंकका पूर्व इडीसम्म
- सेयरबजारसँग साइनो नभएका व्यक्ति पनि सेबोनको अध्यक्षको दौडमा, १२ मध्ये कसको पल्ला भारी ?

त्यस्तै नेपाल स्टक एक्सचेन्जमा पनि आवेदन दिएका मध्ये रमेश घिमिरेको नै सम्भावना बढी रहेको स्रोतको भनाई छ। पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव भएकाले पनि घिमिरेलाई आफ्नो लगानीमा नेप्से प्रमुख बनाउन एनसेल लागि परेको बताइन्छ।  

धितोपत्र बोर्ड र नेप्से दुवैमा आफ्नो मान्छे नियुक्ति गर्दा भोलि यहाँबाट हुने व्यवसाय र लाइसेन्सको ब्यापारमा राम्रो हिस्सा पाइने हुँदा प्रधानमन्त्री देउवा पनि उनीहरुलाई ल्याउन कन्भेन्स भएको र आइपीओ पनि प्रिमियम मुल्यमा ल्याउँदा पाउँदा कमाई बढ्ने भएकाले अहिले उनीहरुमा लगानी गर्दा फाइदा हुने निष्कर्षमा एनसेल लगानीको लागि तयार भएको स्रोतले जनाएको छ।

नेप्सेको सीईओका लागि रमेश घिमिरे सहित अरु १० जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल र छवीराज पन्त रहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved