मेगा बैंकको लाभांश संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 11:01:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited को लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले नगद लाभांशको समेत ब्यबस्था गर्न निर्देशन दिएपछि बैंकले लाभांश संशोधन गरेको हो।

बैंकले यस अघि  १२.०७ प्रतिशत बोनस शेयर मात्र  बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम नगद लाभांश सहितको ब्यबस्था गरेको छ । 

अब बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.०७ प्रतिशत नगद लाभांश गरि कुल १२.०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल बैंकको चुक्ता पुंजी १४  अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved