नेप्सेमा अरुण काबेली पावरको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 02:54:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण काबेली पावर Arun Kabeli Power को बोनस शेयर सुचिकृत भएको छ। आज कम्पनीको १७ प्रतिशतले हुन आउने २६ लाख ९५ हजार ६ सय ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो  । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्  । 

कम्पनीले हकप्रद निष्काशन प्रक्रिया पनि अगाडी बढाएको छ  ।  कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको भाद्र २६ मा सम्पन्न साधारण सभाले १७ प्रतिशत बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved