मिर्मिरे लघुवित्तले माग्यो एफपिओ निष्काशन अनुमति, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 05:01:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले  थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो। 

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ७७.८  रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १७७.८ रुपैयाँमा ५१ हजार ३ सय १६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंगसंग सम्झौता गरिसकेको छ ।

कम्पनीले स्वेडा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलानको लागि एफपीओ निष्काशन गर्न लागेको हो । बोर्डबाट अनुपति पाएपछि कम्पनीले एफपिओ निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved