अपर स्याङ्गेले आइपिओ निष्काशन गर्ने, प्रभु क्यापिटलले गर्यो प्रत्याभूति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 05:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८,७०,००० कित्ता शेयरको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । आज मङ्सिर १ गते बुधबार प्रत्याभूतकर्ता नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved