खानी खोला हाईड्रोपावर कम्पनी Khanikhola Hydropower ले प्रभु क्यापिटल Prabhu Capital लाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । खानी खोलाको संचालक समितिको निर्णय अनुसार प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
यस संगै खानी खोला हाईड्रोपावर कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु प्रभु क्यापिटलले गर्ने छ।