
गरिमा विकास बैंक Garima Bikas Bank Limited ले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बोर्डले बैंकलाई कार्तिक १७ गते अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसंगै बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ । जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ । यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
एनआईबिएल एस क्यापिटल ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ ।