एनएमबी बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 05:26:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक NMB Bank Limited ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

बैंकले ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्नेछ । बाँकी २१ लाख कित्ता ऋणपत्र ब्यक्तिगत रुपमा बिक्रि गरिने बैंकले जनाएको छ । 

बैंकको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको एनएमबी इनर्जी बोण्ड नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved