नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 08:55:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.६११ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६० रहेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर ६ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । हिमालयन बैंकसँगको मर्जर प्रक्रियाको कारण कम्पनीको कारोबार रोक्का रहेको छ। 

बैंकले  मङ्सिर १७ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष  ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १२.६११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.३८९ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत बितरण गर्ने प्रस्ताव गरेको छ ।   साधारणसभाले पारित गरेपछि उक्त लाभांश  लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार रहेको छ ।

त्यस्तै सभामा  आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आषाढ ३१.२०७८ मा समाप्त भएको वर्षको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने,  बैंकको सहायक कम्पनी “एनआइबिएल एस क्यापिटल लि.” को आ.व. २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने प्रत्सव पेश हुने छ । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ (चार) जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ  ।

साथै कम्पनीको प्रबन्धपत्रको दफा ५(क) मा संशोधन गरी बैंकको अधिकृत पूंजी वृद्धि गरी रु.१८ अर्ब ५० करोड पुयाउने,  सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस शेयर जारी गर्ने र सो गर्दा बैंकको जारी पूंजी तथा चुक्ता पूँजी समेत बृद्धि हुने हुँदा सो को लागि प्रबन्धपत्रको दफा ५(ख) र ५(ग) मा समेत संशोधन गरी जारी पूजी तथा चुक्ता पुंजी समेत वृद्धि गर्ने प्रस्ताव सभामा पेश हुने छ । 

बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्ति (acquisition) गर्ने वा एकआपसमा गाभिने (merger) प्रयोजनको लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारीपत्र (memorandum of understanding) मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकतिको लागि नेपाल राष्ट बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन (due diligence audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा प्राप्ति (acquisition) गर्ने वा एकआपसमा गाभिने (merger) संग सम्बन्धित प्रचलित कानन तथा निर्देशनहरु बमोजिम अपनाउन पने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु प्रा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने छ। हाल इन्भेष्टमेन्ट बैंक , हिमालयन बैंकसंग मर्जर प्रक्रियामा रहेको छ ।

विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताबिक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved