सामलिङ पावरको शेयर डिम्याट खातामा, एसपिसी सिम्बलबाट कारोबार हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 11:00:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ पावर कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ । शेयर डिम्याटमा आएसंगै अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । कम्पनीको SPC सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  कम्पनीको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको थियो । योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्।     

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved