आईपिओ नतिजा हेर्न कुर्नु पर्ने समय ३ घण्टाबाट १० मिनेटमा झर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 02:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ सिडीएससीले आईपिओको नतिजा प्रकाशन गर्ने वेबसाइटलाई अप्टिमाइज गरेको छ । सिडीएसले आईपिओको नतिजा हेर्नको लागि तयार पारेको वेबसाइट https://iporesult.cdsc.com.np/ लाई अप्टिमाइज गरेको हो ।

वेबसाइट अप्टिमाईज गरेसंगै अब लगानीकर्ताले आईपिओको नतिजा छिटो हेर्न सक्ने सिडीएसले जनाएको छ । सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वेबसाइट अप्टिमाईज गरिसकेपछि अब बिक्रि प्रबन्धकले आईपिओ बाँडफांडको विवरण सिडीएसलाई उपलब्ध गराएको ५ देखि १० मिनेटभित्र लगानीकर्ताले आईपिओको नतिजा हेर्न सक्ने छन् । 

सिडीएसले २ वटा आईपिओमा यसको परिक्षण समेत गरिसकेको छ । सिडीएसले मध्य भोट भोटेकोशी जलविद्युत कम्पनी र सामलिङ पावर लिमिटेडको आईपिओमा सफल परिक्षण समेत गरिसकेको छ । अन्य आईपिओ नतिजाको तुलनामा यी २ कम्पनीको आईपिओ नतिजा लगानीकर्ताले छिटो हेर्न पाएको सिडीएसले जनाएको छ । सिडीएसका अनुसार अब बाँडफांड हुने आईपिओको नतिजा पनि बिक्रि प्रबन्धकले आईपिओ बाँडफांडको विवरण सिडीएसलाई उपलब्ध गराएको ५ देखि १० मिनेटभित्र लगानीकर्ताले आईपिओको नतिजा हेर्न सक्ने छन् । यस अघि भने सिडीएसले डाटा पाएको २ देखि ३ घण्टापछि मात्र लगानीकर्ताले आईपिओको नतिजा हेर्न पाउने गरेका थिए । 

पहिलेको तुलनामा आईपिओमा आवेदन दिनेको संख्या ह्वात्तै बढेकोले सोहि अनुसार नया तरिकाले सिस्टमलाई अप्टिमाइज गरि फास्ट बनाईएको सिडीएसले जनाएको छ । 

मेरोशेयरमा नतिजा आउँन भने समय लाग्ने सिडीएसले जनाएको छ । आईपिओ परे नपरेको विवरण आईपिओ बाँडफांड गरिसकेपछि मेरोशेयरमा रहेको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ । तर त्यसमा नतिजा अपडेट हुन भने धेरै नै समय लाग्ने गरेको छ । यो सिस्टम नै छुट्टै भएकोले   https://iporesult.cdsc.com.np/ मा जस्तै छिटो नतिजा दिन तत्काल नसकिने सिडीएसले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved