ईसेवामार्फत पनि एनआइबिएल सहभागिता फण्डको इकाई खरिद गर्ने ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 10:53:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital  ले ईसेवामार्फत पनि  एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीले मङ्सिर ६ गतेदेखि यो सुविधा सुरु गरेको उल्लेख गरेको छ  । 

यस अघि एनआईबिएल सहभागिता फण्ड खरीदको लागि कनेक्ट आईपीएस, खल्ती, नेपाल इन्भेष्टबैंकको ई बैंकिंगबाट  भुक्तानी गर्न सकिने ब्यबस्था थियो । अब त्यसमा ईसेवा पनि जोडिएको हो । 

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटलले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको बताएको छ । एनआईबिएल एस क्यापिटल नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व  रहेको कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved