गोल्याणको सिटी होटेलले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 05:50:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटि होटेल लि. ले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको १० प्रतिशतका दरले प्रति शेयर अंकिम मूल्य रु.१०० मा आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले आईपिओ निष्काशनको लागि ग्लोबल आइएमई क्यापीटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच आज  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीका कार्यकारी निर्देशक अक्षय गोल्याणको उपस्थितिमा सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष  शक्ति कुमार गोल्याण र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्।

कम्पनीले गत कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ज्थबतत ज्यतभकि ऋयचउयचबतष्यल को चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा विश्वस्तरीय सुविधाहरु सहित सञ्चालनमा आएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved