शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, गाभ्ने गाभिने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 08:28:01 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २९ गते बुधबार बिहान ११ बजे बुटवलको महाराजा रिसोर्टमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको  १०.९३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ ।  बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार ९०९ रुपैयाँ छ ।

 बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर १६ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु ; 

क. सामान्य प्रस्तावहरुः
१. आ.ब. २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आ.व. २०७७/०७८ को नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गर्ने ।

३. आर्थिक बर्ष २०७८/०७९ को लेखापरिक्षण गर्ने लेखापरीक्षकको नियक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चक्ता पंजीको ०.५७ प्रतिशतले हने रकम रु. १,९६,०७,६३७/१२ (अक्षरमा एक करोड छयानब्बे लाख सात हजार छ सय सैंतीस र पैसा बाह मात्र) नगद लाभांश (करप्रयोजनका लागि) वितरण गर्न स्वीकृत गर्ने ।

ख. विशेष प्रस्तावहरुः

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०९३ प्रतिशतले हुने रकम रु. ३७,२५,४५,१०५/२५ (अक्षरमा सैंतीस करोड पच्चीस लाख पैंतालीस हजार एक सय पांच र पैसा पच्चीस मात्र) बराबरको बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही बमोजिम जारी तथा चुक्ता पूँजी बृद्धि गरी प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने।

२. सञ्चालक समितिमा सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने ।

३. सञ्चालक समितीका अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सबिधाहरु पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने ।

४. यस शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती समाहित (Acquisition) हने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकतिका लागि नेपाल राष्ट बैंकमा निवेदन दिने सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न परामर्शदाता, मल्याङ्कनकर्ता, लेखापरीक्षक नियक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसंग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

५. प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनका लागि सञ्चालक समिति बा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved