सबैको लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ वटा प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 08:39:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त  SABAIKO LAGHUBITTA BITTIYA SANSTHA  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ३ गते शनिवार तनहुको बन्दीपूर माउन्टेन रिसोर्टमा सभा आह्वान गरेको हो  । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि  १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९ सय ८६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश गरि कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस साधारणसभाले पारित गरेपछि  लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २० करोड ६० लाख २७ हजार रहेको छ ।

कम्पनीले  साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर १६ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

यस्ता छन् कम्पनीले सभामा पेश गर्ने प्रस्तावहरु ; 

(क) सामान्य प्रस्तावहरुः

१) सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षज्यूले पेस गर्नुहुने आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/७९ को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.व. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २०,६०,२७,२५० को १.६३ प्रतिशतले हुन आउने रकम रु. ३३,६६,९८६/८४ (अक्षरेपी तेत्तिस लाख छयसठ्ठी हजार नौ सय छयासी रुपैयाँ र पैसा चौरासी मात्र) नगद लाभांश (बोनस शेयरमा लाग्ने कर वापतको रकम वितरण गर्न स्वीकृत गर्ने ।

५) यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्तावहरुः

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २०,६०,२७,२२० को ३१.०५ प्रतिशतले हुन आउने रकम रु.६,३९,७२,७५०/०० (अक्षरेपी छ करोड उनन्चालिस लाख बहत्तर हजार सात सय पचास रुपैयाँ मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने । साथै बोनस शेयर जारी पश्चात् कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्नेगरी यथावत राख्ने प्रस्ताव पारित गर्ने ।

२) यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३) यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन (Merger) वा प्राप्ति (Acquisition) गर्ने वा शाखा खरिद गर्न समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रचलित कानून तथा निर्देशनहरु अनुरुप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पूरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

४) वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved