आईसिएफसि फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ६ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 10:26:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसिएफसि फाइनान्स ICFC Finance  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीलेपुस ५ गते सोमबार आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको  १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ ।  बैंकको हालको चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८ सय रुपैयाँ छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर २२ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ; 

सामान्य प्रस्ताव

१. आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।

३. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पाजीको ४ प्रतिशतका दरले हुने नगद लाभांश रु.४,०९,७०,६३२/- ( अक्षेरुपी चार करोड नौ लाख सत्तरी हजार छ सय बत्तिस मात्र ) (बोनश शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने।

४. लेखापरीक्षण समितिको सिफारीस बमोजिम आ.व. २०७८/७९ को लागि बाह्य लेखा परीक्षक नियुक्त तथा निजको पारीश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बाहालवाला लेखापरीक्षक एस.ए.आर एण्ड एसोसिएट्स पुनःनियूक्ति हुन योग्य हुनुहुन्छ ।

.विशेष प्रस्ताव

१. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुने रु.१०,२४,२६,५८०/-( अक्षेरुपी दश करोड चौबिस लाख छब्बिस हजार पाँच सय असि मात्र ) बराबरको बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र बोनश शेयर जारी गर्दा वित्तिय संस्थाको प्रस्तावित जारी तथा चुक्ता पुँजीको भिन्न अंकलाई रु. १००/- ले बिभाजन हुने पुर्ण अंकमा समायोजन गरी जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही अनुसार प्रबन्धपत्र संशोधनलाई स्वीकृत गर्ने ।

२. कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायवाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved