३ महिनामा धितोपत्र बोर्डमा ३८ उजुरी तथा गुनासो दर्ता, कति भए समाधान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 01:21:04 PM मा प्रकाशित

laxmi  sunrise bank

३ महिनाको अवधिमा नेपाल धितोपत्र बोर्डमा ३८ उजुरी तथा गुनासो दर्ता भएका छन् । बोर्डका अनुसार आर्थिक वर्ष ७८/७९ को असोज मसान्तसम्मको अवधि अर्थात् ३ महिनामा यी उजुरी तथा गुनासो दर्ता भएका हुन् । 

यी मध्ये  बोर्डमा लिखित रुपमा १५ उजुरी गुनासो दर्ता भएका छन् । जस मध्ये  १० उजुरी/गुनासो उपर शाखामार्फत कारवाही सम्पन्न गरिएको, १ निवेदन बोधार्थ, जानकारी तथा सुझावको रुपमा प्राप्त भएको बोर्डले जनाएको छ । त्यस्तै ४ उजुरी/गुनासो समाधानको प्रकृयामा रहेको बोर्डले उल्लेख गरेको छ।

साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेलो सरकारको वेब पोर्टलमार्फत २३ वटा उजुरी/गुनासो आएको बोर्डले उल्लेख गरेको छ । २३ वटै उजुरी/गुनासो उपर कारवाही सम्पन्न गरि फस्यौट भइसकेको बोर्डले जनाएको छ।

बोर्डको टोलफ्रि तथा हटलाइन टेलिफोन तथा इमेल मार्फत प्राप्त गुनासो तथा जिज्ञासाको तत्समयमा सम्वन्धित महाशाखा, शाखामा समेत जानकारी गराइ समाधान गरिएको बोर्डले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved