नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १० गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो ।
बैंकको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता ३१० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३४१ थ्यियो ।
बैंकले मङ्सिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।