समता घरेलुको साधारणसभा आह्वान, बुक क्लोज तय, एफपीओ प्रस्ताव पनि एजेन्डामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 11:01:31 AM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तले साधारणसभा प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ। लघुवित्तले यहि पुस ७ गते डाकेको आफ्नो आठौँ बार्षिक साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। 

मङ्सिर २४ गतेको लागि बुक क्लोज मिति तय भएकाले मङ्सिर २३ गतेसम्म कायम सेयरधनिहरुले समताले गत आर्थिक बर्षको घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन। 

समताले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्नो सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कात्तिक १५ गतेको समताको संचालक समितिको ११८ औं बैठकले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो। 

समताको चुक्तापुंजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस सेयर वितरण पश्चात समताको चुक्तापुंजी ३४ करोड नाघ्नेछ। 

घरेलु लघुवित्तसँगको मर्जर पश्चात समताले यहि बैशाखबाट एकीकृत कारोबार थालेको हो। त्यसैले लाभांशको लागि सेयरधनीहरुले कुनै लाभांश कर तिर्नुपर्ने छेन। 

त्यस्तै एजिएमको अर्को एजेन्डामा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत रहेको छ। हाल समतामा रहेको संस्थागत ७० र सर्वसाधारणको ३० प्रतिशतको सेयर संरचना परिवर्तन गर्ने कम्पनीको लक्ष्य छ।  

त्यस्तै साधारणसभाको अर्को महत्त्वपूर्ण एजेन्डा बनेको संस्थागतबाट ४ जना र सर्वसाधारणबाट २ जना संचालक नियुक्त गर्ने कार्यक्रम रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved